नियम
८ निर्णयको जानकारी
ः व्यावसायिक आचरण पालना नगरेको वा ऐनको दफा १८ को
उपदफा (१) को खण्ड (ङ) बमोजिम नाम दर्ता गराएको आरोपमा कुनै व्यक्तिको नाम
परिषदको दर्ता किताबबाट हटाउने गरी नियम ४.७ बमोजिम परिषदले निर्णय गरेमा
रजिष्ट्रारले त्यस्तो निर्णयको जानकारी सम्बन्धित व्यक्ति र निज कार्यरत संस्थालाई दिई
सो सम्बन्धी सार्वजनिक सूचना समेत प्रकाशित गर्नु पर्नेछ ।